४ लाख ७ हजार भूकम्प पीडितले पाए ५० हजार

<p>काठमाडौं, १३ असोज । ४ लाख ७ हजार ४ भूकम्प पीडितले निजी आवास निर्माणका लागि ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले असोज १२ गतेभित्रमा निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको ५० हजार रुपैंया बैंक खातामा जम्मा गराएको हो । हालसम्म ४ लाख ५५ हजार ७ सय १० [&hellip;]</p>

anudan_222काठमाडौं, १३ असोज । ४ लाख ७ हजार ४ भूकम्प पीडितले निजी आवास निर्माणका लागि ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले असोज १२ गतेभित्रमा निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको ५० हजार रुपैंया बैंक खातामा जम्मा गराएको हो ।

हालसम्म ४ लाख ५५ हजार ७ सय १० घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । सरकारले केहि दिनअघि मात्रै निजी आवास निर्माणका लागि थप एक लाख रुपैंयाँ दिने निर्णय गरेको छ ।

अब भूकम्प पीडितले घर बनाउन ३ लाख नगद अनुदान प्राप्त गर्नेछन् । पहिलो किस्ता प्राप्त गरेका पीडितले दोश्रो किस्ता वापत एक लाख ५० हजार प्राप्त गर्नेछन भने तेश्रो किस्तामा एक लाख रुपैंयाँ दिनेछ ।

Share News