काठमाडौं, १२ असोज। यति एयरलाइन्सले पनि यात्रुलाई सामसङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिवन्ध लागाएको छ। कम्पनीले सूचना जारी गर्दै विमानमा यात्रामा रहँदा सामसुङको ग्यालेक्सी नोट सेभेन मोवाइल चलाउन प्रतिवन्ध लगाएको हो।
कम्पनीले जहाजमा चढेदेखी नओर्लेसम्म अनिवार्य रुपमा मोवाइल स्विच अफ गरेर हाते झोलामा बोक्न अनुरोध गरेको छ। यात्रुले आफ्नो लगेजमा समेत मोवाइल बोक्न नपाउने कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ।


कम्पनीले मोवाइललाई फ्लाइट मोडमा समेत राखेर लैजान नपाउने जानकारी दिएको छ।
विदेशी एयरलाइन्समा सामसुङको मोवाइल पड्किने समस्याका कारण बोक्न प्रतिवन्ध लागएका कारण नेपाल नागरिक उड्ययन प्राधिकरणले पनि यस सम्वन्धमा छलफल गरेको प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले बताए।
अन्तराष्ट्रिय एयरलाइन्सले पनि प्रतिवन्ध गरेको अवस्थामा नेपालका एयरलाइन्स कम्पनीले प्रतिवन्ध लगाउने कुनै अनौठो कुरा नभएको केसीले बताए। ‘विमान कम्पनीले यात्रुका साथसाथै आफ्नो प्लेनको पनि सुरक्षा गर्नुपर्ने हुन्छ’ उनले भने ‘अब चाँडै अरु विमान कम्पनीले पनि प्रतिवन्ध लगाउन सक्छन्।’