सिट क्षमताभन्दा कम्तिमा पनि २० जना बढी यात्रु बोक्न पाउनु पर्ने ब्यवसायीको माग, अग्रिम टिकट बुकिङ रोकियो

<p>काठमाडौं, १२ असोज । यातायात ब्यवसायीले दशैको लागि अग्रिम टिकट काट्न रोकेका छन् । राजधानीवाट दशैको लागि वाहिरिने यात्रु धेरै हुने भए पनि पुन राजधानी फर्कदा यात्रु नपाइने भएकोले सिट क्षमताभन्दा कम्तिमा पनि २० जना यात्रु बढी बोक्न पाउनु पर्ने माग राख्दै ब्यवसायीले यस्तो गरेका हुन् । ब्यवसायीले देखाउनको लागि भने नारायणघाट मुग्लिन सडक विस्तारलाई [&hellip;]</p>

काठमाडौं, १२ असोज । यातायात ब्यवसायीले दशैको लागि अग्रिम टिकट काट्न रोकेका छन् । राजधानीवाट दशैको लागि वाहिरिने यात्रु धेरै हुने भए पनि पुन राजधानी फर्कदा यात्रु नपाइने भएकोले सिट क्षमताभन्दा कम्तिमा पनि २० जना यात्रु बढी बोक्न पाउनु पर्ने माग राख्दै ब्यवसायीले यस्तो गरेका हुन् ।

ब्यवसायीले देखाउनको लागि भने नारायणघाट मुग्लिन सडक विस्तारलाई कारण देखाएका छन् । दशैको लागि २० दिन सो सडक खण्ड विस्तारको कार्य रोक्न सरकार सहमत नभएको र सडकका खाल्डाखुल्डी नपुरेको कारण गाडी चलाउन सक्ने अवस्था नभएकोले अग्रिम टिकट बुकिङ बन्द गरिएको यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

‘दशैको घटस्थापनादेखि फूलपातीको दिनसम्मको ७ दिनमा कम्तिमा पनि १२ लाख मानिस काठमाडौंबाट बाहिरिन्छन्, यसको लागि ठूलो संख्यामा गाडी चल्नुपर्ने हुन्छ, अहिले नै राम्ररी गाडी चल्न नसकेको नारायणघाट मुग्लिन सडक खण्ड २० दिनको लागि विस्तार कार्य रोक्न सरकार सहमत नभएकोले अग्रिम टिकट बुकिङ रोकिएको हो,’ महासचिव सिटौलाले भने ।

यस्तै सडकमा भएका खाल्डाखुल्डी पूर्न सरकार तयार नभएको कारण पनि गाडी गुडाउन सक्ने अवस्था नभएको सिटौलाको भनाइ छ ।

सिटौलाले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न पाउनु पर्ने माग ब्यवसायीवाट आएको जानकारी दिए । ‘काठमाडौंवाट भैरहवा पुगेर आउदा एउटा गाडीको ४५ हजार रुपैयाँ खर्च हुन्छ, तर एकतर्फी रुपमा सिटभरी यात्रु लिएर भैरहवा पुग्दा ३८ हजार रुपैयाँ मात्रै आम्दानी हुन्छ, एकपटक गाडी चलाउदा ७ हजार रुपैयाँ नोक्सान हुन्छ भने किन गाडी गुडाउने भन्ने ब्यवसायीको तर्क आएको छ, हामी यो विषय पनि सरकारसँग राख्छौं,’ सिटौलाले भने । यसको लागि सरकारले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न दिनुपर्ने उनको भनाइ छ ।

सरकारले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने अडान लिएको छ । तर ब्यवसायीले नयाँ गाडी पनि नथप्ने र अहिले संचालनमा रहेका गाडी पनि विग्रिएको भन्दै कम गाडी देखाएर सिट क्षमताभन्दा बढी यात्रु कोच्ने रणनीति लिएका छन् ।

Share News