काठमाडौं, १२ असोज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने निणर्य गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णय बीमा समितिले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ ।