विमानस्थल कार्यालयले उडान अनुमति नदिँदा निगमको दुबई उडान रद्द, ५५ जना यात्रुलाई मध्यरातमा राजस्थान सारियो

<p>काठमाडौं १२, असोज ।  सधै जहाजमा आउने प्राविधिक समस्या र वायुसेवाका सानो कमजोरीले यात्रु उडानमा समस्या हुने गरेको भएपनि मंगलबार राती भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको कमजोरीले वायुसेवा निगमको दुबईउडान रद्द भएको छ । निगमको काठमाडौंबाट दुवाई जाने उडानको समय साढे ११ बजेको भएपनि दुई दिन अगाडि निगमको जहाज आकस्मिक अवतरण गरेपछि यसका उडान प्रभावित हुँदै [&hellip;]</p>

काठमाडौं १२, असोज ।  सधै जहाजमा आउने प्राविधिक समस्या र वायुसेवाका सानो कमजोरीले यात्रु उडानमा समस्या हुने गरेको भएपनि मंगलबार राती भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको कमजोरीले वायुसेवा निगमको दुबईउडान रद्द भएको छ ।

निगमको काठमाडौंबाट दुवाई जाने उडानको समय साढे ११ बजेको भएपनि दुई दिन अगाडि निगमको जहाज आकस्मिक अवतरण गरेपछि यसका उडान प्रभावित हुँदै आएको थियो ।एउटा उडान प्रभावित हुँदा वायुसेवा कम्पनीलाई लाखौ घाटा हुने गरेको छ ।

उडान तालिम मिलाएर निगमले यात्रुलाई गन्तव्य स्थानमा लैजाने गरेको भएपनि मे विमानस्थल कार्यालयले उडान अनुमति नै नदिएका कारण उडान रद्द भएको निगमको भनाइ छ ।nepal-airlines-a320-2015-a

मंगलबार रातीको उडान अन्तिम समयमा रद्द भएको कारण दुवाई उड्न ठिक्क परेका ५५ जना यात्रुलाई मध्यरातमा राजस्थान होटलमा लगेर राखिएको छ । यो यात्रुलाई आज बेलुकोको उडानमा दुवाई लैजाने तयारी निगमको छ ।

त्रिभुवन विमानस्थल सामान्यता रातको १२ बजेपछि बन्द हुने गरेको छ । कुनै वायुसेवाको उडान समय ढिलो भए विमानस्थल कार्यालय, सुरक्षा निकायसहितलाई लिखित आग्रह गरेर उडान समय माग्ने (एयरपोर्ट एक्टेन्सन वाच)हुने गरेको छ । तर, विमानस्थल कार्यालयले मंगलबार निगमको लिखिन आग्रहलाई पनि वेवास्था गर्दे उडान समय नै नदिएको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयले अनुमति दिएको अवस्थामा र विशेष परिस्थितिमा रातैभर जहाज उड्न् गरेका छन् । विमानस्थल कार्यालयल अनुमति नै नदिएको कारण निगमको आर २२९ उडान नम्बर रद्द हुन पुग्यो ।

मंगलबार रातीको उडान रद्दको प्रभाव बुधबार विहानको दिल्ली उडानसमेत प्रभावित भएको छ । निगमले हरेक दिन विहान ८ बजे काठमाडौंबाट दिल्ली उडान गर्ने समय तालिका तय गरेको छ ।

‘मंगलबार उडान ढिलो हुने भनेर बुधबार (आज) विहानको ८ बजेको उडान ११ बजेलार्ई राखिएको थियो’, निगम स्रोतले भन्यो । दुवाई उडान नै नभएपछि जहाज काठमाडौंमै भएकोले उडान तालिका मिलाउँन ११ बजेको दिल्ली उडान ९ बजे नै गर्नु लागिएको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार दुई दिन अगाडि काठमाडौं अवतरण गर्ने क्रममा निगमको जहाज आकस्मिक अवतरण गर्दा उडान तालिका प्रभावित भएको छ । सोही तालिका मिलाउन हम्मे हम्मे परेको निगमलाई एउटा उडान रद्द भएपनि पुनः व्यवस्थापन मिलाउँन निकै कठीन हुने गरेको छ ।

यात्रुको सम्पर्क नंम्वर नहुँदा समस्या

टिकेटिङ कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुको सम्पर्क नम्बर नराखी टिकेट काट्दा पनि उडान रद्द हुदाँ र उडान समय सार्नुपर्दा वायुसेवा कम्पनीलाइ निकै तनाव हुने गरेको छ ।

अहिले पनि निगमले ११ बजेको दिल्ली उडान ९ बजे नै गर्ने तयारी गरिरहेको भएपनि यात्रुलाई खवर गर्न नै समस्या भइहरेको छ । टिकेट काट्दा ट्राभल एजेन्सीले सम्पर्क नम्बर नै नराख्ने गरेकोले उडान तालिका मिलाउने क्रमममा पनि यात्रुलाई नै मार पर्ने गरेको निगमका एक कर्मचारीको भनाइ छ ।

Share News