काठमाडौं, ११ असोज । सनराइज बैंक लिमिटेडले मंगलबार आफ्नो नवौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बैंकले संगठनमा रहेका १४० जना बालबालिकाहरुलाई न्यानो लत्ता कपडाहरुका साथै खाद्म सामाग्रीहरु वितरण गरेको छ ।
उक्त सामाग्रीहरु बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं कर्मचारीहरुले वितरण गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् ।
यसै क्रममा नेपाल बाल संगठनका कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठले सनराइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पुर्याउँदै आएको सहयोगका लागी कृतज्ञता व्यक्त गरेका छन्र । साथै, श्रेष्ठले भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी बैंकलाई अनुरोध गरेका छन् ।