शहरी क्षेत्र बाहिर बैंकका शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, भूकम्प प्रभावित जिल्लामा आफूखुसी शाखा सार्न पाइने

<p>काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यका, महानगरपालिका, उपमहानगर पालिका र नगरपालिका वाहेकका स्थानामा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न स्वीकृति नचाहिने ब्यवस्था गरेको छ । यसअघि कुनै पनि ठाउमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नको लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्थ्यो । अव त्यस्ता स्थानमा शाखा खोल्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको [&hellip;]</p>

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यका, महानगरपालिका, उपमहानगर पालिका र नगरपालिका वाहेकका स्थानामा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न स्वीकृति नचाहिने ब्यवस्था गरेको छ ।

यसअघि कुनै पनि ठाउमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नको लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्थ्यो ।

अव त्यस्ता स्थानमा शाखा खोल्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको संचालक समितिले निर्णय गरे पुग्ने भएको छ । संचालक समितिले गरेको शाखा खोल्ने सम्बन्धि निर्णयको जानकारी राष्ट्र बैंकलाई ७ दिन भित्रमा दिए पुग्ने भएको छ । राष्ट्र बैंकले मंगलवार सवै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी गर्दै यस्तो ब्यवस्था गरिएको जानकारी दिएको हो ।

यस्तै काठमाडौं उपत्यका वाहेकका भूकम्प अति प्रभावित १३ जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा सोही जिल्लाको अर्काे स्थानमा सार्न पनि राष्ट्र बैंकको स्वीकृति लिइ रहनु नपर्ने भएको छ । यसअघिको स्वीकृत स्थानमा शाखा राखिराख्न असुविधा भए जिल्लाकै अर्काे उपयुक्त स्थानमा सम्बन्धित बैंक वित्तीय संस्थाले नै निर्णय गरेर सार्न सक्ने ब्यवस्था राष्ट्र बैंकले गरेको हो ।

Share News