काठमाडौं, ११ असोज । सेवा विकास बैंकले १ बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोही प्रयोजनको लागि असोज १९ गते बैंकको सेयर कारोबार बन्द (बुक क्लोज) हुने छ ।
हाल बैंकको चुक्ता पूँजी ४२ करोड ५५ लाख रुपैयाँ रहेको छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ६८५ रुपैयाँ रहेको छ ।