माथिल्लो मर्स्याङदी ‘ए’ बाट विद्युत उत्पादन सुरु, ५० मेगावाटको बिजुली थपियो

<p>काठमाडौं ११, असोज । ५० मेगावाटको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । चार वर्षअघि निर्माण सुरू भएको माथिल्लो मस्र्याङ्दी ए आयोजना निर्माण सम्पन्न भई सोमबारदेख उत्पादन सुरु गरेको हो । नेपालमा विद्युत प्राधिकरणले २०६५ सालमा निर्माण सम्पन्न गरेको ७० मेगावाटको मध्यमस्र्याङदीपछि सम्पन्न भएको यो सबैभन्दा ठूलो आयोजना रहेको मंगलबारको कारोबार [&hellip;]</p>

काठमाडौं ११, असोज । ५० मेगावाटको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । चार वर्षअघि निर्माण सुरू भएको माथिल्लो मस्र्याङ्दी ए आयोजना निर्माण सम्पन्न भई सोमबारदेख उत्पादन सुरु गरेको हो ।

नेपालमा विद्युत प्राधिकरणले २०६५ सालमा निर्माण सम्पन्न गरेको ७० मेगावाटको मध्यमस्र्याङदीपछि सम्पन्न भएको यो सबैभन्दा ठूलो आयोजना रहेको मंगलबारको कारोबार दैनिकमा समाचार छापिएको छ ।hydro

उर्जामन्त्री जनार्दन शर्माले काठमाडौंस्थित हायात रिजेन्सीमा आयोजित विशेष कार्यक्रममा जलजुङमा विद्युत उत्पादनको लागि अनुरोध गरेर उत्पादन शुभारम्भ भएको घोषणा गरेका थिए ।

उर्जा सचिव अनुप उपाध्याय, नेपालका लागि जनवादी गणतन्त्र चिनियाँ राजदुतावासका प्रतिनिधि चेङ जीलगायतको उपस्थितीमा आयोजना शुभारम्भ भएको घोषणा गरिएको थियो ।

Share News