एभरेष्ट बैंकद्वारा रत्न राज्य विद्यालयलाई शद्ध पिउने पानी वितरण

<p>काठमाडौं, १० असोज । एभरेष्ट बैंकले बानेश्वरको रत्न राज्य उच्च माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी सेवा हस्तान्तरण गरेको छ । उक्त सेवाको उद्घाटन भूतपूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह तथा बैंकका अध्यक्ष बिके श्रेष्ठले गरेका हुन् । उक्त कार्यक्रममा पूर्व मन्त्री, सभासदहरु, पन्जाव नेशनल बैंक तथा एभरेष्ट बैंकका उच्च पदस्त अधिकारीहरुको उपस्थीति थियो । एभरेष्ट बैंक [&hellip;]</p>

काठमाडौं, १० असोज । एभरेष्ट बैंकले बानेश्वरको रत्न राज्य उच्च माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी सेवा हस्तान्तरण गरेको छ । उक्त सेवाको उद्घाटन भूतपूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह तथा बैंकका अध्यक्ष बिके श्रेष्ठले गरेका हुन् । उक्त कार्यक्रममा पूर्व मन्त्री, सभासदहरु, पन्जाव नेशनल बैंक तथा एभरेष्ट बैंकका उच्च पदस्त अधिकारीहरुको उपस्थीति थियो ।

everest_bank_distribute_watएभरेष्ट बैंक सामाजिक उत्तरदायित्व प्रति सम्बेदनशिल रहेको छ । साथै यस अन्तरगत बृहत जनहितका लागि बिशेषत राम्रो स्वास्थ्य, गुणस्तरीय शिक्षा, जनचेतना, पूर्वाधार लगायतका क्षेत्रमा योगदान गर्दै आएको छ । साथै बैंकले विद्यालयहरुलाई कम्प्यूटर, उपकरणहरु तथा अन्य आवश्यक सामाग्री समेत प्रदान गर्दै आएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News