दिल्लीबाट काठमाडौं आउँदै गरेको एयरवसको आकस्मिक अवतरण, सबै यात्रुहरू सुरक्षित

<p>काठमाडौं, १० असोज । नेपाल वायुसेवा निगमको दिल्लीबाट काठमाडौं आउँदै गरेको २०५ उडान नम्बरको एयरबस काठमाडौं बिमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौं विमास्थल नजिकैको १२ हजार ५०० फिटमा उडान गरिहेको यो जहाजको ककपीटमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार जहाज आकस्मिक आवतरण गरेकोले जहाज तथा विमानस्थलको निरीक्षणका लागि एक [&hellip;]</p>

काठमाडौं, १० असोज । नेपाल वायुसेवा निगमको दिल्लीबाट काठमाडौं आउँदै गरेको २०५ उडान नम्बरको एयरबस काठमाडौं बिमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौं विमास्थल नजिकैको १२ हजार ५०० फिटमा उडान गरिहेको यो जहाजको ककपीटमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

nepal_airlines1उनका अनुसार जहाज आकस्मिक आवतरण गरेकोले जहाज तथा विमानस्थलको निरीक्षणका लागि एक घण्टा विमानस्थल बन्द गरिएको हो । निगमको यो जहाज पूर्ण क्षमतामा यात्रु बोकेर दिल्लीबाट काठमाडौं आएको थियो । यो जहाज दिउँसो ३ बजेर २७ मिनेटमा आकस्मिक अवतरण गरेको थियाे । त्यसपछि एयरपोर्टमा फुल इमर्जेन्सी घोषणा गरेर तीन बजेर ४० मिनेटमा प्लेनलाई ल्याण्ड गरिएको ठाकुरले जानकारी दिए।

ठाकुरका अनुसार करिब आधा घण्टा जति एयरपोर्टलाई बन्द गरी इमर्जेन्सी अवस्थामा राखेर सम्पूर्ण तयारी हालतमा राखिएको थियो। एम्वुलेन्स, हवाइ सुरक्षा लगायत अन्य सुरक्षाको बन्दोवस्त पूर्ण रुपमा तयार राखिएको उनले जानकारी दिए।

तीन बजेर ५६ मिनेटसम्म एयरपोर्ट बन्द गरिएको थियो। सो समयमा कुनैपनि हवाइ उडान र अवतरणको काम नभएको ठाकुरले बताए। अहिले एयरपोर्ट नियमित अवस्थामा चलेको छ।

जहाज आकस्मिक अवतरण गरेका कारण विमानस्थल कार्यालयले संभावित जोखिम न्युनिकरणका लागि दमकलसहितका सम्पूर्ण आकस्मिक उद्धारका सामग्री तयारी अवस्थामा राखेको छ । जहाज सुरक्षित अवतरण गरेकोले यात्रु सुरक्षित रहेको र विमानस्थलको अवस्था पनि सामान्य रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

Share News