काठमाडौं १०, असोज । राजधानीको पाँचतारे होटल दि एभरेष्ट करीब डेढ वर्षदेखि पूर्ण रुपमा बन्द भएको छ । २८ वर्षसम्म सफल रूपमा संचालनमा आएको यो होटल बन्द हुदा होटलमा कम गर्ने करीब ३ सय जना मजदुर बेरोजगार बनेका छन् । सन् १९८७ मा सुरु भएको यो होटल अन्तर्राष्ट्रिय ब्राण्ड शेराटनले करीब आठ वर्ष संचालन गरेको थियो ।
विसं २०७२ सालको भूकम्पपछि बन्द भएको यो होटल खुलाउँन व्यवस्थापनको चासो छैन । मजदुरको पहल र संसदको अन्तर्राष्ट्रिय सम्वन्ध र श्रम समितिले तुरुन्त होटल खुलाउन दिएको निर्देशनलाई व्यवस्थापनले वास्ता नगरेका कारण होटलको १० अर्बको सम्पती अलपत्र परेको छ । 
१६० कोठा रहेको यो होटल ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो होटलमा एउटा क्यासिनो पनि रहेको छ । होटल लामो समयदेखि बन्द भएको कारण क्यासिनोमा भएको गेमिङ मेसिन, होटलले प्रयोग गर्ने विभिन्न दैनिक उपभोगका इलेट्रोनिक्स सामान विग्रिएका छन् ।
होटल नियमित सफाइ नहुँदा र कर्मचारीको निगरानीमा रहन छोडेकोले कोठासम्मनै पानी पस्ने, ढुँसी गनाउँने, सुनासानको वातावरण भएको र होटलबाट तत्कालिन समयमा गेष्ट सार्दा भएको सामान पनि अझै छरपष्ट रूपमै रहेको छ ।
होटल २०७२ वैशाख २९ गतेको भूकम्पले बस्न नमिल्ने गरी क्षति भएको थियो । यो क्षतिपछि पर्यटन मन्त्रालयको एक प्राविधिक टोलिले सोही वर्षको जेठ १३ गते गरेको स्थलगत अनुगमनपछि होटलमा पर्यटक राख्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो । अघिल्लो वर्षको जेठ १४ गतेबाट सम्पूर्ण पर्यटक हटाएर बन्द भएको यो होटल पुननिर्माण नहुँदा र व्यवस्थापनले पनि होटल संचालनको चासो नदेखाउँदा पूर्ण रूपमा बन्द भएको हो ।
भारतीय लगानीकर्ता लारी परिवारको यो होटल बन्द हुँदा ३ सय जना नेपाली कामदार नै बेरोजगार भएका छन् । यो होटल भारतीय नागरिक मस्कुर अहमद लारीको अध्यक्षतामा उनकै परिवारका सदस्य संचालक समितिमा रहेका थिए ।
मजदुर समस्याको बाहानमा होटल बन्द
होटल व्यवस्थापनले पटक पटक कर्मचारी युनियले सहयोग नगरेको आरोप लगाउँदै आएको थियो । होटल व्यवस्थापन स्रोतका अनुसार कर्र्मचारी युनियनको सहयोग नभएको कारण होटल बन्द नै गरिएको हो ।
मजदुरले पटक पटक असहयोग गरेकोले पनि मजदुर समस्याकै कारण होटल नखुलेको उल्लेख छ । होटल व्यवस्थापनले भूकम्पले बनाएको क्षतिपछि बढाएको थियो ।
होटलले २०७२ जेठ ३२ गते नै श्रम ऐन २०४८ को दफा १२ बमोजिम सम्पूर्ण कामदार कर्मचारी कटौति गर्न नेपाल सरकारसमक्ष अनुमति मागेको थियो । होटल राम्रोसँग चलेको भएपनि होटल मालिकले विस्तारै मजदुर विवाद निकालेर होटल बन्द गराएको उल्लेख छ ।
होटलका कर्मचारीले भने नियतबस होटल बन्द गरेको आरोप लगाएका छन् । कर्मचारीले होटलको पुनर्निर्माण गरी भएकै कर्मचारीबाट होटल संचालन गर्न माग गरेर संसदको श्रम समितिसमक्ष पुगेको भएपनि होटल भने पुन संचालन हुन सकेन ।
दि एभरेष्ट होटल संयुक्त संघर्ष समिति संयोजक होम सुवेदीका अनुसार होटलको आवश्यक मर्मत गरी छिटो संचालन गर्न कर्मचारीले साथ रहेकोले कर्मचारी कटौति नगर्न गरेको पटकपटको मागलाई व्यवस्थापनल वास्तै गरेन् । 
नेपाल लगानी बढ्दै गइरहेको अरु होटल आने क्रम भइरहेको समयमा भएकै होटल बन्द हुनुले कर्मचारीको रोजीरोटि खोजिनुका साथै लगानीको वातावरण नै विग्रदै गएको सन्देश प्रभाव भएको छ ।
नेपालमा उत्कृष्ट सेवा दिइरहेको यो होटल हरेक वर्ष लाभमा हुँदा पनि व्यवस्थापनले अझै संचालनको चासो देखाएका छैनन् । होटल निकट स्रोतका अनुसार व्यवस्थापनले पूरै होटल रिनोभेसन गर्न चाहेका भएपनि प्रक्रिया भने अगाडि बढेको छैन ।
होटल नहुँदा क्यासिनो लगानीकर्ता विच्किए
होटल नभएको कारण क्यासिनोमा लगानी गर्न चाहेका लगानीकर्ता पनि फिर्ता गएका छन् । होटल भएपछि मात्रै क्यासिनो संचालन हुने भएकोले पनि भारतीय लगानीकताले क्यासिनो संचालन गर्न चाहेको भएपनि प्रक्रिया अगाडि नै बढ्न पाएन् ।
एभरेष्ट होटलमा क्यासिनो नभएको कारण यसका लगानीकर्ता इम्पेरियल समूह अहिले होटल अन्नपूर्णको क्यासिनोमा लगानी गर्न थालेको पनि उल्लेख छ । होटलबाट नै पानी, वत्ति क्यासिनोमा जाने हुुुन्छ । होटलमै आएका पाहुना क्यासिनो जाने भएकोले कुनै पनि क्यासिनो संचालन हुन होटल अनिवार्य छ ।
क्यासिनोमा करीब पाँच सय कर्मचारीले काम पाउने भएपनि यो होटल बन्द हुँदा यसको क्यासिनोमा काम गर्ने कर्मचारी पनि बेरोजगार भएका छन् । एभरेष्ट क्यासिनोमा पनि झण्डै पाँच सय जना कर्मचारी थिए ।