सरकारको राजश्व लक्ष्य भन्दा २१ प्रतिशत बढी, भदौसम्म २८ अर्व ७५ करोड संकलन

<p>काठमाडौं, ९ असोज । सरकारले चालु आर्थिक वर्ष २०७३/०७४ भदौ मसान्तसम्ममा २८ अर्व ९३ करोड ६ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ । सो अवधिमा असुली भएको राजस्व लक्ष्यको तुलनामा २९ प्रतिशतले बढी हो । सरकारले चालु आर्थिक वर्षको भदौ महिनासम्ममा २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको थियो [&hellip;]</p>

काठमाडौं, ९ असोज । सरकारले चालु आर्थिक वर्ष २०७३/०७४ भदौ मसान्तसम्ममा २८ अर्व ९३ करोड ६ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ । सो अवधिमा असुली भएको राजस्व लक्ष्यको तुलनामा २९ प्रतिशतले बढी हो । सरकारले चालु आर्थिक वर्षको भदौ महिनासम्ममा २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा १७ करोड ४० लाख रुपैयाँ बढी प्रगति भएको छ ।

कुल राजश्वमध्ये आयकर तर्फ १२ अर्व २१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर १० अर्व ४५ करोड रुपैयाँ र अन्तःशुल्क तर्फ ५ अर्व ९१ करोड रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ १०३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ १०१ प्रतिशत उठेको हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क १३ करोड ८३ लाख रुपैयाँ र स्वास्थ्य सेवा कर २० करोड ५६ लाख रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा १०२ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७९ प्रतिशत संकलन भएको हो ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १३६ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर ११४ प्रतिशत र अन्तशुल्कको वृद्धिदर १४९ प्रतिशत रहेको छ । साथै, स्वास्थ्य सेवा कर वृद्धिदर १२३ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३७ प्रतिशत रहेको छ ।

Share News