इच्छाराज तामाङको प्रश्नः बाफिया संसोधनमा मलाई किन गाली गरियो ?

<p>यो मुलुकमा उद्यमी व्यवसायीलाई फटाहा देख्ने सोँच अझै कायमै छ । नीति निर्माताको तहमा त अझै बढि नाकारात्मक सोँच छ उद्यमी व्यवसायी प्रति । व्यवसायीलाई सबै भन्दा तुच्छ सोच्ने प्रवृत्ति अझै जरा गाडेर बसैकै छ । हाम्रै छिमेकी भारतमा उद्यमी व्यवसायीलाई कति धेरै सम्मान र आदर गरिन्छ । युरोप/अमेरिका वा अन्य देशमा उद्यमी व्यवसायीलाई अझ [&hellip;]</p>

ir_tamang

इच्छाराज तामाङ, अध्यक्ष सिभिल ग्रुप

यो मुलुकमा उद्यमी व्यवसायीलाई फटाहा देख्ने सोँच अझै कायमै छ । नीति निर्माताको तहमा त अझै बढि नाकारात्मक सोँच छ उद्यमी व्यवसायी प्रति । व्यवसायीलाई सबै भन्दा तुच्छ सोच्ने प्रवृत्ति अझै जरा गाडेर बसैकै छ । हाम्रै छिमेकी भारतमा उद्यमी व्यवसायीलाई कति धेरै सम्मान र आदर गरिन्छ । युरोप/अमेरिका वा अन्य देशमा उद्यमी व्यवसायीलाई अझ धेरै सम्मान मिल्छ । तर हामी कहाँ व्यवसाय गर्नु भनेको सबै भन्दा तुच्छ पेशाका रुपमा चित्रण गर्ने परिपाटी कायमै छ । जबसम्म यस्तो सोँच कायम रहन्छ तबसम्म देशले समृद्धिको बाटो पहिल्याउन सक्दैन् ।

नेपालमा उद्यमी व्यवसायीहरु नीति निर्माणको तहमा पुगे भने त झै धेरै गाली गरिन्छ । अब केहि दिन पहिलेकै कुरा हेरौं । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन९बाफिया०को संसोधन प्रक्रिया चलिरहेको थियो । संसदको जुन समितिमा बाफियाबारे छलफल भयो म पनि त्यहि समितिको सदस्य छु । अनि बाफिया संसोधनमा चलखेल गर्यो भनेर मलाई सबैले गाली गरे । अधिकांश मिडियाले पनि बाफिया संसोधनबारे मेरै बारेमा धेरै कुरा लेखे ।

के एक जना व्यवसायी नीति निर्माणको तहमा पुग्नै हुँदैन् रु के हामी व्यवसायी फाटाहा हौं रु के व्यवसाय गर्नु, रोजगारी सृजना गर्नु अनि उद्यमशिलता बढाउनु पाप हो रु नत्र भने बाफियामा मलाई किन गाली गरेको ? हामी व्यवसायीले पनि स्वच्छ व्यवसाय गर्नुपर्छ । स्वच्छ व्यवसायीलाई राज्यले पनि सम्मान गर्नु पर्छ । राम्रो काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई दण्डको व्यवस्था गरिनु पर्छ । त्यसको अगुवाई राज्यले नै गर्ने हो । हामी व्यवसायीले पनि त्यसमा राज्यलाई सहयोग गर्छौ । स्वच्छ व्यवसाय गर्नु हामी सबैको कर्र्तव्य पनि हो । तर हामीलाई सबै भन्दा तुच्छ व्यवहार गरिन्छ । जाली फाटाहाको आरोप लगाइन्छ किन ?

संसार भर रोजगारी दिने मान्छेलाई सबै भन्दा उच्च सम्मान दिईन्छ । तर हामी कहाँ तुच्छ, फाटाहा, ठग र कर छल्ने भन्ने आरोप लगाईन्छ । नीति निर्माताले पनि त्यसका बारेमा सोच्नु आवश्यक छ । दण्ड र पुरस्कारको व्यवस्था गर्नु पर्छ । राम्रालाई प्रोत्साहन र खराबलाई दण्डको बैधानिक व्यवस्था गर्नु पर्छ । सबैलाई एउटै टोकरीमा हालेर हेर्नु हुन्न ।
अब कुरा रह्यो सिटिसी मललाई कसरी व्यवसायीक रुपमा सञ्चालन गर्ने भन्ने रु हामीले सिटिसी मललाई सफल बनाउन सक्यौं भने अर्को मल पनि बनाउन सकिन्छ । यो मल असफल भयो भने अर्को मल बनाउन सकिँदैन् । निकै मेहनत गरेपछि मात्रै सिभिल मल सफल रुपमा सञ्चालन भएको हो । अब सिभिल मल सफलताको बाटोमा निरन्तर अघि बढ्छ ।

कुनै पनि मलमा प्रडक्ट कम्पोजिसन हुन्छ । मोबाइल, खाने ठाउँ, बैंक, फिल्म हल, कपडा किन्ने ठाउँ, जिम गर्ने ठाउँ पनि चाहिन्छ । त्यसकारण मल व्यवस्थापकहरुलाई जो पायो त्यहिलाई सटर तथा कबल नदिन भनेको छु । सबै सुबिधा र सबै खाले समान उपलब्ध गराएपछि मात्रै व्यापारिक मल चल्ने रहेछ । पहिले कपडै कपडा, जुत्तै जुत्ता वा पेटी नै पेटी राखेर मल चलाउन खोजियो । जुन गलत रहेछ । पहिले हामीले पनि मलको बिजनेश पोलिसी राम्रो बनाउन सकेनौं । त्यसै कारणले केहि समयसम्म मलको भाडा गुमाउनु पर्यो । तर अहिले मलको बिजनेश योजना बनिसकेको छ । अब धेरै समय कुर्नु नपर्ला । अहिले नै यो यो काम गर्र्दैछौं भनेर भन्नु त्यति उचित नहोला तर हामी बिशेष योजनासहित काम गरिरहेका छौं ।

मेरो सिभिल ग्रुपकै कर्पोरेट अफिस सिटिसी मलकै १० औं र ११ औं तल्लामा राखिसकेको छ । मेरो आफ्नै कार्यालय नै यहि मलमा आईसकेको छ । यो मललाई हामीले चानचुने ढंगले सोचेका छैनौं । जरुर बिशेष रुपमा मललाई उदाहरणिय रुपमा सञ्चालन गर्ने योजनामा छौं । यसलाई अझै थप बजबुत ढंगले अघि बढाउनु पर्छ ।(राजधानीमा आयोजीत एक कार्यक्रममा तामाङले व्यक्त गरेको विचार)

Share News