काठमाडौं, ९ असोज । विजय लघुवित्त वित्तिय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।
उक्त निर्णय शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात संस्थाको पूँजी १६ करोड १० लाख रुपैयाँ पुग्ने छ । आइतबार कम्पनीको प्रतिकित्ता सेयर १४०० सय बढी रुपैयाँमा कारोबार भइरहेको छ ।