सोलूको जुभिङमा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना, चालक दल र यात्रु सकुशल

<p>काठमाडौं, ९ असोज। सोलुखुम्बु जिल्लाको  जुभिङमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ । इन्जिन फेल भएपछि आकष्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटनाबाट हेलिकप्टरको नोजमा क्षति पुगे पनि यात्रु सकुसल छन् । सोलुखुम्बु प्रहरीले जहाज दुर्घटनामा परेपनि चालक दल र यात्रु सबै सकुशल रहेको जानकारी दिएको छ । प्रहरीका अनुसार हेलिकप्टर लुक्लाबाट [&hellip;]</p>

काठमाडौं, ९ असोज। सोलुखुम्बु जिल्लाको  जुभिङमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

इन्जिन फेल भएपछि आकष्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटनाबाट हेलिकप्टरको नोजमा क्षति पुगे पनि यात्रु सकुसल छन् ।

सोलुखुम्बु प्रहरीले जहाज दुर्घटनामा परेपनि चालक दल र यात्रु सबै सकुशल रहेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार हेलिकप्टर लुक्लाबाट बिरामी लिन जुभिङ गएको थियो । र, काठमाडौं आउने योजना थियो तर, अवतरणका क्रममा केही इन्जिनमा समस्या देखिएको थियो । अहिले हेलिकप्टर बिरामी लिएर लुक्ला फर्किएको छ ।

Share News