यति एयरलाइन्सको विमान विमानस्थलमा चिप्लियो, ब्रेक लागेन, सबै यात्रु सकुशल

<p>काठमाडौं, ९ असोज ।   शनिवार भैरहवा विमान स्थलमा अवतरण गर्दा यति एयरलाइन्सको विमान चिप्लिएर रनवे वाहिर पुगेको छ। ब्रेक नलाग्दा विमान रनवेबाट बाहिर पुगेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ। विमान रनवे बाहिर पुगेपनि कुनै मानवीय क्षति भएको छैन । कसैलाई घाउचोट पनि लागेको नभएको र  विमानमा पनि क्षति नपुगेको प्रहरीलेजनाएको छ। कल साइन नाइन [&hellip;]</p>

काठमाडौं, ९ असोज ।   शनिवार भैरहवा विमान स्थलमा अवतरण गर्दा यति एयरलाइन्सको विमान चिप्लिएर रनवे वाहिर पुगेको छ। ब्रेक नलाग्दा विमान रनवेबाट बाहिर पुगेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ।

विमान रनवे बाहिर पुगेपनि कुनै मानवीय क्षति भएको छैन । कसैलाई घाउचोट पनि लागेको नभएको र  विमानमा पनि क्षति नपुगेको प्रहरीलेजनाएको छ।

कल साइन नाइन एन भएको यो विमान काठमाडौबाट सवा चार बजे भैरहवाका लागि उडेको थियो । करिव पौने पाँच बजे विमान अवतरण गर्न लाग्दा चिप्लिएर घाँसे मैदानमा पुगेको हो । विमानमा २९ जना यात्रु र तीन जना चालक दलका सदस्य थिए ।

Share News