मोबाइल बजार ४५ प्रतिशतले बढ्दै, ४७ अर्ब तिरेर एक करोड ४० लाख मोबाइल खरिद

<p>काठमाडौं, ७ असोज । नेपालमा बर्षेनी औाषतमा ४५ दशमलब ५५ प्रतिशतका दरले मोबाइलको बजार वृद्धि भैरहेको छ । पछिल्लो चार आर्थिक वर्षमा मोबाइल बजार औषतमा साढे ४५ प्रतिशतका दरले वृद्धि भएको हो । आर्थिक वर्ष २०६९/७० को तुलनामा २०७०/७१ मा मोबाइलको बजार ६५ दशमलब ५५ प्रतिशतले बढेको छ । त्यस्तै आव ७०/७१ भन्दा ७१/७२ मा [&hellip;]</p>

काठमाडौं, ७ असोज । नेपालमा बर्षेनी औाषतमा ४५ दशमलब ५५ प्रतिशतका दरले मोबाइलको बजार वृद्धि भैरहेको छ । पछिल्लो चार आर्थिक वर्षमा मोबाइल बजार औषतमा साढे ४५ प्रतिशतका दरले वृद्धि भएको हो । आर्थिक वर्ष २०६९/७० को तुलनामा २०७०/७१ मा मोबाइलको बजार ६५ दशमलब ५५ प्रतिशतले बढेको छ ।

mobile_money
त्यस्तै आव ७०/७१ भन्दा ७१/७२ मा ३१ दशमलब ७१ प्रतिशतले बढेको छ । त्यस्तै ७१/७२ मा भन्दा ७२/७३ मा ३९ दशमलब ४९ प्रतिशतले मोबाइलको बजार बढेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले यसरी मोबाइल आयातमा वृद्धि भैरहेको देखाएको हो ।

पछिल्लो चार आर्थिक वर्षमा ४७ अर्ब ११ करोड मुल्य बराबरका १ करोड ४० थान मोबइल सेट नेपाल भित्रिएका छन् ।
आव २०६९/७० मा ५ अर्ब ९८ करोेड मुल्य बराबरका २१ लाख ६४ हजार थान मोबाइल नेपाल भित्रिएका थिए भने ७०/७१ मा ९ अर्ब ९० करोड मुल्य बराबरका ३१ लाख २२ हजार थान मोबाइल नेपाल ल्याइएका छन् ।

त्यस्तै, आव २०७१/७२ मा १३ अर्ब ४ करोड मुल्यका ३८ लाख ९ हजार थान मोबाइल आएका छन् । गत आवमा भने १८ अर्ब १९ करोड मुल्य तिरेर ४९ लाख ९० हजार थान मोबाइल बिभिन्न भन्सार नाका हुँदै नेपाल भित्रिएका छन् ।
नेपालको मोबाइल बजारमा भन्सार छलेर भित्र्याइएका मोबाइलहरुको हिस्सा समेत ठुलो रहेको व्यवसायीहरुले नै स्विकार गर्दै आएका छन् ।

Share News