इजरायली वैज्ञानिक सेक्चमेनले चढे काठमाडौंको चन्द्रागिरि

<p>काठमाडौं, ६ असोज । लोवा स्टेट युनिभर्सिटी मटरियल साइन्सका प्राध्यापक एवं सन् २०११ मा रसायन शास्त्रको नोवेल पुरस्कार विजेता इजरायली वैज्ञानिक डान सेक्चमेन काठमाडौंको चन्द्रागिरिमा निर्माण भएको केबुलकारको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका बोर्ड डाइरेक्टर एवं आईएमई समूहका प्रवन्ध निर्देशक हेम राज ढकालले उनलाई चन्द्रागिरि हिल्स स्थित स्वागत कक्षमा स्वागत गरेका हुन् । [&hellip;]</p>

काठमाडौं, ६ असोज । लोवा स्टेट युनिभर्सिटी मटरियल साइन्सका प्राध्यापक एवं सन् २०११ मा रसायन शास्त्रको नोवेल पुरस्कार विजेता इजरायली वैज्ञानिक डान सेक्चमेन काठमाडौंको चन्द्रागिरिमा निर्माण भएको केबुलकारको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका बोर्ड डाइरेक्टर एवं आईएमई समूहका प्रवन्ध निर्देशक हेम राज ढकालले उनलाई चन्द्रागिरि हिल्स स्थित स्वागत कक्षमा स्वागत गरेका हुन् ।

chandragiri_isrial_scientis

१३ औं अन्तर्राष्टिय क्वाजिक्रिस्टल सम्मेलनमा भाग लिन आएका सेक्चमेनले चन्द्रागिरि परियोजना नेपालको पर्यटन विकासमा महत्वपूर्ण हुने बताएका छन् । उनलाई निर्देशक ढकालले भालेश्वर महादेव मन्दिरको चित्र सहित मायाको चिनो प्रदान गरेका थिए ।

Share News