साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २७ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं, ६ असोज । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ८६ करोड ८४ [&hellip;]</p>

shine_resungaकाठमाडौं, ६ असोज । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी ८६ करोड ८४ लाख रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी एक अर्ब १० करोड रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर ६३३ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News