हिमालय एअरलाइन्सले असोज १५ गतेदेखि काठमाडौं–कोलम्बो नियमित उडान भर्ने

<p>काठमाडौं, ४ असोज । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो दोश्रो नियमित गन्तब्य श्रीलंकाको राजधानी कोलम्बोबाट शुरु गर्ने भएको छ । एअरलाइन्सले काठमाडौं–कोलम्बो–काठमाडौं सीधा उडान गरेर असोज १५ गतेदेखि नियमीत उडान सेवा शुरु गर्ने भएको छ । ८ बिजनेस क्लास तथा १५० इकोनोमी क्लास सहित जम्मा १५८ सीट क्षमता बोकेको एअरलाइन्सको एअरबस ३२०–२१४ ले नयाँ [&hellip;]</p>

काठमाडौं, ४ असोज । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो दोश्रो नियमित गन्तब्य श्रीलंकाको राजधानी कोलम्बोबाट शुरु गर्ने भएको छ । एअरलाइन्सले काठमाडौं–कोलम्बो–काठमाडौं सीधा उडान गरेर असोज १५ गतेदेखि नियमीत उडान सेवा शुरु गर्ने भएको छ । ८ बिजनेस क्लास तथा १५० इकोनोमी क्लास सहित जम्मा १५८ सीट क्षमता बोकेको एअरलाइन्सको एअरबस ३२०–२१४ ले नयाँ रुटको उडान गर्नेछ ।

himalaya-airlines_vijay-shr

उडान तालिका अनुसार एअरलाइन्स्ले साताको ३ दिन उडान गर्नेछ । उडान नं एचनाइन ६७३ को उक्त विमान मङ्गलबार, बिहिबार र शनिबार काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, बाट ११:३० बजे (स्थानीय समय) उडेर १५:१५ बजे (स्थानीय समय) बन्दरानायक अन्तराष्ट्रिय विमानस्थल, कोलोम्बोमा अवतरण गर्नेछ । त्यसैगरि कोलोम्बोबाट उडान नं एचनाइन ६७३ को सोहि विमान १६:१५ बजे (स्थानीय समय) उडेर २०:१५ बजे (स्थानीय समय) काठमाडौँमा अवतरण गर्नेछ ।

himalaya-airlines_vijay-shr

एअरलाइन्सको भाइस प्रेसिडेन्ट कोलम्बो उडानबारे बताउँदै भने,“अघिल्लो २ गैर निर्धारीत कोलम्बो उडानहरुबाट प्राप्त उत्साहजनक प्रतिक्रियाबाट यो रुट हामीले सम्भावना बोकेको रुट पायौँ । दुई देश बीच वर्षौ देखिको यात्रुहरुको चापलाई अध्ययन गरेर हामीले यो गन्तब्य शुरु गर्ने निर्णय गरेका हौँ । दुई देश बीच पर्यटन प्रवर्धन गर्न कोलम्बो जस्तो महत्वपुर्ण बजारमा सेवा विस्तार गर्न पाएकोमा हामी निकै खुसी छौँ । उडानले नेपाल र श्रीलंका बीच पर्यटन प्रवर्धन गर्दै दुई देश बीच नयाँ व्यापारीक अवसरहरु प्रदान गर्न सघाउ पु¥याउने छ ।”

एअरलाइन्सले क्लासीक ट्राभल्सलाई कोलम्बोको लागि जेनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरेको छ । सो कम्पनीले श्रीलंकामा एअरलाइन्सको बजार विकास, सिट आरक्षण, टिकेटिङ लगायत सेवाहरु प्रदान गर्नेछ । एअरलाइन्सले कोलम्बोको लागि एकोहोरो र दोहोरो भाडादर क्रमशः २९ हजार १९१ रुपैयाँ र ५० हजार ०४१ रुपैयाँदेखि शुरु गरेको छ । उक्त भाडा सरकारी कर सहित रहेको एअरलाइन्सले जनाएको छ ।

Share News