एस डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं, ४ असोज । एस डेभलपमेन्ट बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको [&hellip;]</p>

ace_dev_bankकाठमाडौं, ४ असोज । एस डेभलपमेन्ट बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रति कित्ता सेयर ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News