सेन्ट्रल फाइनान्स लिमिटेडले २३ प्रतिशत लाभांश दिने

<p>काठमाडौं, ४ असोज । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई २३ दशमलब ६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २२ दशमलब ५ प्रतिशत बोनस सेयर र १.१८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । भदौ ३१ गते बसेको २१५औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय नेपाल राष्ट्र [&hellip;]</p>

central_financeकाठमाडौं, ४ असोज । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई २३ दशमलब ६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २२ दशमलब ५ प्रतिशत बोनस सेयर र १.१८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

भदौ ३१ गते बसेको २१५औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत भइ कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो माात्रामा लाभांश पाउने छन् ।

हाल फाइनान्सको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैयाँ रहेको छ । मंगलबार फाइनान्सको प्रतिकित्ता सेयर २१४ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News