उद्यमशिलता विकासमा योगदान गर्ने एक दर्जन व्यक्तिलाई सम्मान

<p>काठमाडौं, २ असोज । एक्सपोज नेपालले उद्यमशिलता विकासमा संलग्न एक दर्जन युवा उद्यमी व्यवसायी तथा बैंकरहरुलाई सम्मान गरेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा युवा उद्यमी प्रतापजंग पाण्डे, बैंकर रबिना देशराज श्रेष्ठ र तिलकराज पाण्डे, शिक्षा विद तिर्थ [&hellip;]</p>

काठमाडौं, २ असोज । एक्सपोज नेपालले उद्यमशिलता विकासमा संलग्न एक दर्जन युवा उद्यमी व्यवसायी तथा बैंकरहरुलाई सम्मान गरेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले उनीहरुलाई सम्मान गरेका हुन् ।
prabal
यसरी सम्मानित हुनेहरुमा युवा उद्यमी प्रतापजंग पाण्डे, बैंकर रबिना देशराज श्रेष्ठ र तिलकराज पाण्डे, शिक्षा विद तिर्थ डा. तिर्थ खानियाँ, खगेन्द्र ओझा, उर्जा विद रामप्रसाद धिताल, इञ्जिनियर दिपेन्द्र भट्ट, वातावरण विद केडि यादव, परराष्ट्रविद चिरञ्जीवी थापा, समाज सेवी क्षितिज भण्डारी तथा उपभोक्ता अधिकार कर्मी भिम चन्द, आइटी व्यवसायी नरेन्द्र चन्द लगायतका रहेका छन् । सम्मानले नेपाली अर्थतन्त्रको उन्नति मार्फत देश विकासमा लागिरहने उर्जा प्राप्त गरेको युवा उद्यमी प्रतापजंग पाण्डेले बताए ।

कार्यक्रममा नेपाली युवाहरुको क्षमता प्रस्फुटनका लागि मिस्टर वल्र्ड २०१६ मा सहभागीताको व्यवस्था गरिएको एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताएका थिए ।

Share News