अर्थ सचिवद्वारा सिंहदरबार भित्र एभरेष्ट बैंकको एटिएम उद्घाटन

<p>काठमाडौं, २ असोज । सिंहदरबारमा आइतबार नेपाल सरकारका अर्थ सचिव शान्त राज सुबेदी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के. अहलुवालियाले नँया एटिएम सेवाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । सुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले देशभर आफ्नो एटिएम सेवा विस्तार गर्दै गएको छ । उक्त औपचारीक कार्यक्रममा कार्यक्रममा अन्य विशिष्ट निजामती कर्मचारीहरुको [&hellip;]</p>

काठमाडौं, २ असोज । सिंहदरबारमा आइतबार नेपाल सरकारका अर्थ सचिव शान्त राज सुबेदी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के. अहलुवालियाले नँया एटिएम सेवाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

edbl_sighadurbar

सुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले देशभर आफ्नो एटिएम सेवा विस्तार गर्दै गएको छ । उक्त औपचारीक कार्यक्रममा कार्यक्रममा अन्य विशिष्ट निजामती कर्मचारीहरुको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।

हाल बैंकले ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News