आईएमईको दशैं लक्षित “आईएमई हात हुँदैन खाली” योजना शुरु

<p>काठमाडौं, २ असोज । आईएमई लिमिटेडले नेपालीको महान चाड दशैंलाई लक्षित गर्दै सेवाग्राहीमाझ “आईएमई हात हुँदैन खाली” नामक योजना शुरु भएको छ । । कम्पनीका अनुसार उक्त योजना यही असोज १ गतेदेखि असोज ३० गतेसम्म लागु हुने छ । एक महिना गर्न लागिएको सो योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२ सय भन्दा बढी रेमिटेन्स [&hellip;]</p>

काठमाडौं, २ असोज । आईएमई लिमिटेडले नेपालीको महान चाड दशैंलाई लक्षित गर्दै सेवाग्राहीमाझ “आईएमई हात हुँदैन खाली” नामक योजना शुरु भएको छ । । कम्पनीका अनुसार उक्त योजना यही असोज १ गतेदेखि असोज ३० गतेसम्म लागु हुने छ ।

ime_dasai_offer

एक महिना गर्न लागिएको सो योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले तीन सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ । यस योजनाबाट लाखौँ सेवाग्राही लाभान्वित हुने विश्वास आईएमईले लिएको छ ।

Share News