पूर्णिमा विकास बैंकले २६ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं, २ असोज । पूर्णिमा विकास बैंकले सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ३० करोड [&hellip;]</p>

purnimaकाठमाडौं, २ असोज । पूर्णिमा विकास बैंकले सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३८ करोड रुपैयाँ हुनेछ । आइतबार बैंकको प्रतिकित्ता सेयर करिब ५०२ रुपैयाँमा बिक्री भइरहेको छ ।

Share News