अायल निगमले हवार्इ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटायो, डिजेल, पेट्रोल र ग्याँसमा यथावत

<p>काठमाडौं, ३१ भदौ। । नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य घटाएको छ । निगमले आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ मूल्य घटाएको छ । निगमका प्रवक्ता भानु खनालले चाडपर्वमा उपभोक्तालार्इ सहुलियत दिन हवार्इ इन्धनको मूल्य घटाएको बताए। आन्तरिकतर्फ हवार्इ इन्धनको मूल्य ९४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । अन्तर्राष्ट्रियतर्फ हवार्इ इन्धनको मूल्य प्रतिकिलो लिटर ५० डलर घटेको [&hellip;]</p>

काठमाडौं, ३१ भदौ। । नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य घटाएको छ । निगमले आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ मूल्य घटाएको छ । निगमका प्रवक्ता भानु खनालले चाडपर्वमा उपभोक्तालार्इ सहुलियत दिन हवार्इ इन्धनको मूल्य घटाएको बताए।

noc

आन्तरिकतर्फ हवार्इ इन्धनको मूल्य ९४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । अन्तर्राष्ट्रियतर्फ हवार्इ इन्धनको मूल्य प्रतिकिलो लिटर ५० डलर घटेको छ । अन्तर्राष्ट्रियतर्फ अब हवार्इ इन्धनको मूल्य प्रतिकिलो लिटर ८ सय ३१ डलर कायम भएको छ ।

निगमका प्रवक्ता खनालले अरु पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने बताए । चाडपर्वका लागि हामीले ग्यास र हवार्इ इन्धनको मूल्य घटाइसकेका छौ, उनले भने, तत्कालै अरु पेट्रोलियम पदार्थको मूल्य घट्दैन।

हवाइ भाडा पनि घट्ने !

निगमले भाडा घटाएसँगै अब अान्तरिक तथा वाह्य तर्फका उडानहरुमा पनि भाडा घट्नेछ। हवाई कम्पनीहरुले पनि भाडा घटाउनेछन्। चाडवाडको अवसर पारेर सरकारले जनतालाई केहि भएपनि राहतको महसुस गर्ने ठाउँ दिएको हो।

Share News