सिन्धु विकास बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

<p>काठमाडौं, ३१ भदौ । सिन्धु विकास बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय भदौ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंकले गत साउनमा एक बराबर एकको अनुपातमा हकप्रद जारी गरेको थियो । राष्ट्र बैंकको पूँजीवृद्धि योजनालाई तोकिएको सीमाभित्रै निश्कर्षमा पुर्याउन बैंकले सो मात्रामा [&hellip;]</p>

sindhu_bikash_bankकाठमाडौं, ३१ भदौ । सिन्धु विकास बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय भदौ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैंकले गत साउनमा एक बराबर एकको अनुपातमा हकप्रद जारी गरेको थियो । राष्ट्र बैंकको पूँजीवृद्धि योजनालाई तोकिएको सीमाभित्रै निश्कर्षमा पुर्याउन बैंकले सो मात्रामा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्रामा हकप्रद निष्कासन हुने छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ दशमलब ८ प्रतिशत बोनस शेयर पूँजीकरण भए पछि मात्र १० बराबर ८ को अनुपातमा हकप्रद जारी गर्ने बताएको छ ।

हाल बैंकको चुक्ता पूँजी २४ करोड १८ लाख रुपैयाँ रहेको छ । बजारमा बैंकको सेयर ४६४ रुपैयाँमा किनबेच भइरहेको छ ।

Share News