नेरुडे लघुवित्तले ३० प्रतिशत लाभांश दिने

<p>काठमाडौं, ३१ भदौ । नेरुडे लघुवित्त विकास बैंकले लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय राष्ट्र बैंकले स्वीकृति [&hellip;]</p>

nerudey-bikash_bankकाठमाडौं, ३१ भदौ । नेरुडे लघुवित्त विकास बैंकले लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।

भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी २१ करोड ६० लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर २२३० रुपैयाँमा कारोबार भएको छ ।

Share News