गुडविल फाईनान्सले २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

<p>काठमाडौं, ३० भदौ । गुडविल फाईनान्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने भएको छ । साथै, बोनस सेयर पश्चात कम्पनीले ६० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । सो निर्णय बुधबार बसेको कम्पनीको संचालक समिति बैठकले गरेको हो । उक्त बैठकको निर्णय पारित गराउन कम्पनीले असोज २० गते साधारणसभा बोलाएको छ । हाल फाइनान्सको [&hellip;]</p>

goodwill_financeकाठमाडौं, ३० भदौ । गुडविल फाईनान्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने भएको छ । साथै, बोनस सेयर पश्चात कम्पनीले ६० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।

सो निर्णय बुधबार बसेको कम्पनीको संचालक समिति बैठकले गरेको हो । उक्त बैठकको निर्णय पारित गराउन कम्पनीले असोज २० गते साधारणसभा बोलाएको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ३६ करोड २९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ४५ करोड ३६ लाख रुपैयाँ हुने छ ।

Share News