दाहाललाई विदेशमन्त्रीको स्वागत

<p>नयाँ दिल्ली, ३० भदौ । चार दिने भारत भ्रमणमा दिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहालाई ईन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् । प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजबीच झण्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा विदेशमन्त्री स्वराजले दाहालको भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेमा विश्वस्त रहेको बताइन् । स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत [&hellip;]</p>

Prachandaनयाँ दिल्ली, ३० भदौ । चार दिने भारत भ्रमणमा दिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहालाई ईन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् ।

प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजबीच झण्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा विदेशमन्त्री स्वराजले दाहालको भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेमा विश्वस्त रहेको बताइन् । स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राजनकीय सम्मान दिने समेत बताईन् ।

यता प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण द्धिपक्षीय सम्बन्धमा विश्वासको वातारण बनाउने दाबी गरे । भारतीय नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध विश्वासमा परिणत हुने स्पष्ट पारेका छन् ।

 

Share News