एनबी बैंकमा अर्को लफडा, सञ्चालक दीपक कार्की बर्खास्त

<p>काठमाडौं, २९ भदौ । एनबी (नेपाल बंगलादेश) बैंकको सञ्चालक समितिले सञ्चालक दीपक कार्कीलाई पद मुक्त गरेको छ । बैंक सम्बद्ध उच्च स्रोतका अनुसार कम्पनी ऐनको दफा १६० अनुसार अदालतबाट दोषी ठहर व्यक्ति बैंकको सञ्चालक समितिमा बस्न नमिल्ने जनाउँदै नेपाल राष्ट्र बैंकले एनबी बैंकलाई पत्राचार गरेपछि बैंक सञ्चालक समितिले कार्कीलाई पद मुक्त गरेको हो । समाचार [&hellip;]</p>

nb_deepak_out

काठमाडौं, २९ भदौ । एनबी (नेपाल बंगलादेश) बैंकको सञ्चालक समितिले सञ्चालक दीपक कार्कीलाई पद मुक्त गरेको छ । बैंक सम्बद्ध उच्च स्रोतका अनुसार कम्पनी ऐनको दफा १६० अनुसार अदालतबाट दोषी ठहर व्यक्ति बैंकको सञ्चालक समितिमा बस्न नमिल्ने जनाउँदै नेपाल राष्ट्र बैंकले एनबी बैंकलाई पत्राचार गरेपछि बैंक सञ्चालक समितिले कार्कीलाई पद मुक्त गरेको हो ।

समाचार स्रोतका अनुसार दुई साताअघि बसेको बैंक सञ्चालक समितिले उनलाई पद मुक्त गर्ने निर्णय गरेको हो । बैंकको वेवसाईडबाट सञ्चालक दीपक कार्कीको नाम फोटो हटाईएको छ ।

तर दीपक कार्कीले आफूलाई पदमुक्त गरेको जनाकारी नभएको बताए । ‘भदौको दोस्रो साता बसेको बैंक सञ्चालक समितिको बैठकमा म सहभागि भएको छु । त्यसपछि बैंक सञ्चालक समितिको बैठक बसेको जानकारी मलाई छैन । मलाई हटाएको कुरा तपाईलाई कसले सुनायो ?’ उनले विकासन्युनसँग प्रश्न गरे ।

अहिलेसम्म कुनै पनि बैठकमा यो विषय उठेको छैन । पछिल्लो बैठकमा माईन्युटमा हस्ताक्षर गरेर, खाजा खाएर म निस्केको हुँ । त्यसपछि मलाई केही जानकारी छैन ।

बैंकको वेवसाईटमा नाम र फोटो हटाएको विषय पनि आफूलाई थाहा नभएको बताए । ‘मेरो चरित्र हत्या गर्न यस्तो यस्तो कार्य गरिएको nb_bankहुनसक्छ । पुनरावेदन अदालतको निर्णय विरुद्ध म सर्वोच्च अदालत जाने तयारीमा छु । कानुनी उपचारको बाटो खुला छ, म प्रक्रियामा छु’ कार्कीले भने ‘अदालती प्रक्रियामा रहेको विवादको विषयमा अदालत बाहिर भएको निर्णय कसैलाई पनि मन्य हुँदैन ।’

नेशनल हाइड्रो पावरमा अनियमितता गरेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले उनलाई दोषी ठहर गर्दै २० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

यसअघि यस बैंकका अध्यक्ष महमद लुत्फर रहमान पनि विवादमा परेपछि हटेका थिए । उनी बंगलादेशभित्र विवादमा परेर प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रहमानले नेपालस्थित एनबी बैंकको अध्यक्ष पद छाडेका थिए । करिब ३ वर्षअघि गठन भएकाे यस वर्तमान सञ्चालक समिति दाेस्राे पटक विवादमा परेकाे छ ।

Share News