काठमाडौं, २९ भदौ । ग्लोबल आईएमई बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।
बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ७ अर्ब १५ करोड रुपैयाँ हुनेछ । बुधबार बैंकको प्रतिकित्ता सेयर करिब ५४० रुपैयाँमा बिक्री भइरहेको छ ।