विदेशी नागरिकले नेपालमा पाएको तलब भत्ता डलरमै लान पाउने, स्वीकृतिको लागि राष्ट्र बैंक धाइरहनु नपर्ने

<p>काठमाडौं, २९ भदौ । नेपालमा कार्यरत विदेशी कर्मचारी र कामदारले अमेरिकी डलरमै आफ्नो तलब तथा ज्याला लान पाउने भएका छन् । यसअघि औद्योगिक ब्यवसाय ऐनको दफामा टेकेर राष्ट्र बैंकको स्वीकृति पछि त्यस्ता ब्यक्तिले परिवत्र्य विदेशी मुद्रा लाने गरेकोमा अवभने निश्चित कागजात देखाएर बैंक तथा वित्तीय संस्थावाट सहजै लान पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले [&hellip;]</p>

काठमाडौं, २९ भदौ । नेपालमा कार्यरत विदेशी कर्मचारी र कामदारले अमेरिकी डलरमै आफ्नो तलब तथा ज्याला लान पाउने भएका छन् । यसअघि औद्योगिक ब्यवसाय ऐनको दफामा टेकेर राष्ट्र बैंकको स्वीकृति पछि त्यस्ता ब्यक्तिले परिवत्र्य विदेशी मुद्रा लाने गरेकोमा अवभने निश्चित कागजात देखाएर बैंक तथा वित्तीय संस्थावाट सहजै लान पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले विदेशी नागरिकले नेपालमा काम गरेवापत पाउने पारिश्रमिक, ज्वाला तथा तलबभत्ताको ७५ प्रतिशत रकम परिवत्र्य विदेशी मुद्रामा लान पाउने ब्यवस्था गरेको छ ।

‘कुनै फर्म, कम्पनी तथा संस्थामा कार्यरत तेस्रो मुलुककका विदेशी नागरिकले रोजगारदातासँग गरेको करारमा उल्लेखित तलब भत्ता तथा अन्य सुविधा वापतको रकममा प्रचलित कानुन बमोजिम कर कट्टी पछि हुन आउने रकमको बढीमा ७५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा सम्बन्धित मुलुकमा पठाउन सकिने छ,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

यसरी रकम पठाउनको लागि सम्बन्धित ब्यक्तिको निवेदन, रोजगारदाता फर्म कम्पनी तथा संस्थाको सिफारिसपत्र, श्रम विभागको श्रम स्वीकृति पत्र, कर्मचारी परिचयपत्र र नियुक्तिपत्र/सम्झौतापत्र, पारिश्रमिक कर तिरेको प्रमाणपत्र वा भौचरको प्रतिलिपी र भिसा बहाल सम्बन्धि प्रमाण पेश गर्नुपर्ने छ ।

यति कागजात प्राप्त गरिसकेपछि सम्बन्धित बैंक वित्तीय संस्थाले नै परिवत्र्य विदेशी मुद्रा सटही गरिदिन सक्ने ब्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

Share News