मलेसिया जाने कामदारसँग एक अर्ब ३९ करोड ठगी, मजदुरबाट दैनिक ३८ लाख लूट

<p>काठमाडौं २९, भदौ । वैदेशिक रोजगारीका नाममा विभिन्न व्यवसायीक संस्थाले दिएको मजदुर सेवाका नाममा वार्षिक एक अर्ब ३९ करोड ठगी भइहरेको छ । मलेसिया जाने कामदारका नामा हुने बायोमेट्रिक मेडिकल, माईग्राम्स्, भिएलएन नेपाल ओएससीका नाममा विभिन्न व्यवसायीक सेवा प्रदायकले ठग्दै आएको यस्तो रकम दैनिक ३८ लाख रुपैयाँ रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बताएका छ [&hellip;]</p>

काठमाडौं २९, भदौ । वैदेशिक रोजगारीका नाममा विभिन्न व्यवसायीक संस्थाले दिएको मजदुर सेवाका नाममा वार्षिक एक अर्ब ३९ करोड ठगी भइहरेको छ ।

मलेसिया जाने कामदारका नामा हुने बायोमेट्रिक मेडिकल, माईग्राम्स्, भिएलएन नेपाल ओएससीका नाममा विभिन्न व्यवसायीक सेवा प्रदायकले ठग्दै आएको यस्तो रकम दैनिक ३८ लाख रुपैयाँ रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बताएका छ ।

संघका अध्यक्ष बिमल ढकालका अनुसार नेपाली यूवाको आकर्षक गन्तव्य मानिएको मलेसिया जाने कामदारको नाममा मात्रै सरकारले झण्डै डेढ अर्ब रुपैयाँ ठगी गर्न दिइरहेको छ ।Baidesik-Rojgari-Manpawar

यो ठगी गर्ने काम र मजदुरबाट पैसा उठाउने काम तत्काल बन्द गर्न नेपाल सरकारलाई ध्यानाकर्षणसहितको मागपत्र पेश गरेको ढकालले जानकारी दिएका छन ।

संघका अध्यक्ष ढकालले मलेसियाको बैदेशिक रोजगारीमा जाँदा हुने यो ठगी तत्काल बन्द गर्न मागसहितको चारसूत्रीय मागपत्रलाई सार्वजनिकसमेत गरेको छ ।

संघका अनुसार मजदुरलाई अनावश्यक खर्च गर्न लगाउँने कार्य बन्द गर्नुपर्छ ।

संघले दिएको जानकारी अनुसार बायोमेट्रिकका नाममा वार्षिक ४५ करोड, माईग्राम्स्मा ३२ करोड, भिएलएनका नाममा अर्को ३२ करोड, ओएससीका नाममा ३० करोड गरी वार्षिक एक अर्ब ३९ करोड रुपैयाँ मजदुरबाट ठगी भइरहेको उल्लेख छ ।

केकेमा भइरहेको छ ठगी

वायोमेट्रिक मेडिकलमा ४५ करोड

संघका अनुसार वायोमेट्रिक मेडिकल प्रणाली परीक्षणका रुपमा सफ्टवेर अनलाईन प्रणाली निःशुल्क हुनुपर्ने नेपाल सरकारको २०७२ असार २५ को निर्णय रहेको छ । यो निर्णय अनुसार प्रति कामदार २६ सय ५० रुपैयाँ शुल्क लिएर बढीमा ६ महिनासम्मलाई वायोमेट्रिक मेडिकल प्रणाली लागू गर्न दिइएको थियो ।

यो समय सकिएको ८ महिना भैसकको भएपनि यो सेवा दिने विभिन्न ३९ वटाnepali - rupes संस्थाले प्रतिकामदार ४५ सय रुपैयाँ अशुल गरिरहेका छन् । यो सेवामा ३९ वटा मेडिकल संस्थाले सिन्डिकेट लागू गरेर अबैधानिक तरिकाले स्वस्थ्य परिक्षण गरी वार्षिक ४५ करोड रुपैयाँ ठगी गरिरहेका छन् ।

माईग्राम्स्मा ३२ करोड
बायोमेट्रिक मेडिकल अन्तरगतकै माईग्राम्स् नामक संस्थाले २०७३ को बैशाख १९ देखि कामदारसँग शुल्क अशुलीरहेको छ ।

मलेसियाकै मे बैंकबाट प्रति कामदार ३० अमेरिकी डलर अर्थात ३२ सय रुपैयाँ माईग्राम्स शुल्क लिइरहेको छ ।

यस्तो शुल्क वर्षिक ३२ करोड हुने र यो अनावश्क रुपमा मजदुरबाट अशुल भइ ठगी भइरहेकोले पनि उल्लेख छ । यो माईग्राम्स् प्रणाली नै बन्द गराएर यो शुल्क ठगी हुनबाट बचाँउन सरकारसँग संघले अनुरोध गरेको छ ।

भिएलएन नेपालका नाममा ३२ करोड
मलेसिया जाने कामदारका नाममा पेपर भिसा प्राप्त भएपश्चात पुल्चोकमा रहेको मलेसियन दूतावासबाट सात सय रुपैयाँमा नै भिसा स्टीकर टास्ने गरेको छ ।

malaysia-passportतर, यो स्टीकर टाँस्ने प्रोसेसका नाममा भिएलएन नामक संस्थाले प्रति कामदार ३२ सय रुपैयाँ लिने गरेको छ । अनावश्यक रुपमा भिसा प्रोसेसिङका नाममा उठाइने यस्तो शुल्क वार्षिक ३२ करोड रुपैयाँ हुने गरेको छ । यो रकम ठगी गर्ने भिएलएन नामक संस्था नै खारेज गर्नुपर्ने माग संघको छ ।

ओएससीका नाममा ३२ करोड

मलेसियन कामदारलाई पेपर भिसा प्राप्त भएपछि इजाजत प्राप्त व्यवसायीले राहदानी भिसा टाँस गर्न मलेसियन दूतावास लैजाने गरेका छन् । तर, पछिल्लो समय (अन स्टेप सेन्टर)ओएससी नामक संस्थाले लाजिम्पाटमा कार्यालय खोलेर पेपर भिसा संकलनको काम गर्ने र दूतावासमा डेलिभरी गर्ने नाममा प्रति कामदार अर्को ३२ सय रुपैयाँ ठगी गरिरहेको छ ।

कामदारसँग सरोकार नै नराख्ने यो कम्पनी पनि बन्द गरेर ठगी भएको रकम अशुल उपर गर्नुपर्ने माग संघको छ । संघले तत्काल कामदारका नाममा तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी निन्त्रण गर्न तथा त्यस्ता गतिविधि गर्ने संस्थालाई कारवाही गर्न माग गरेको छ ।

Share News