पाँच वर्षमा भित्रियो खर्बको सुन, अनुत्पादक क्षेत्रमा पैसा खर्च

<p>काठमाडौं २९, भदौ । पाँच वर्षमा नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ। यस अवधिका नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयतमा पनि वृद्धि भएको बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ। उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय उनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। वार्षिक ८० हजार ९ सय २१ रूपैया आय [&hellip;]</p>

काठमाडौं २९, भदौ । पाँच वर्षमा नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ। यस अवधिका नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयतमा पनि वृद्धि भएको बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ।

Gold bars

Gold bars

उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय उनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। वार्षिक ८० हजार ९ सय २१ रूपैया आय भएका नेपाली नगद सम्पत्ति भए पनि अनुत्पादनक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०६८/  ६९ मा ५७ हजार ३ सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अर्ब ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन्।

८० हजार नौ सय २१ रुपैया आय भएका नेपालीले अनुत्पादक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी रहेको देखिनुले अनुत्पादक क्षेत्रमा खर्च बढेको पनि तथ्यांकले देखाएको छ । केही वर्षयता ठूलो परिणाममा चीनलगायतका देशबाट सुन भित्रिएपनि भने मौन रहेको छ ।

Share News