काठमाडौं, २८ भदौ । दशैं अघि नै केहि बैंक तथा वित्तिय संस्थाले लगानी कर्तालाई लाभांश वितरण गर्ने भएका छन् । चार वटा बाणिज्य बैंकहरुले दशैं अघि नै साधारण सभा सम्पन्न गरेर सेयरधनीलाई लाभांश दिन लागेका हुन् ।
चुक्ता पुँजी वृद्धि गर्नै पर्ने केन्द्रिय बैंकको बाध्यकारी नियमका कारण यसपाली अधिकांश बैंकहरुले लगानीकर्तालाई बोनस सेयर दिन लागेका छन् । यद्यपी नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानी कर्ताले भने नगद लाभांश समेत प्राप्त गर्दैछन् ।
नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक र एनआइसी एसिया बैंकका लगानी कर्ताले दशैं अघि नै लाभांश प्राप्त गर्दैछन् । नबिल बैंकले असोज १८ गतेको साधारण सभाबाट ४५ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्दैछ । नबिलका सेयर धनीले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश पाउँदैछन् ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश प्राप्त गर्दैछन् । बैंकले असोज ११ गतेका लागि साधारण सभा डाकिसकेको छ । त्यस बाहेक सिटिजन्स बैंक इन्टरनेशनलका सेयर धनीले असोज १६ गते १६ प्रतिशत बोनस सेयर प्राप्त गदैछन् । असोज १८ गतेको साधारण सभाबाट एनआइसी एसिया बैंकका लगानी कर्ताले पनि २७ दशमलब ३७ प्रतिशत बोनस सेयर नै प्राप्त गर्दैछन् ।