सिटिजन्स बैंक इन्टरनेशलनले पायो अन्तर्राष्ट्रिय पुरष्कार

<p>काठमाडौं, २७ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक अन्तराष्ट्रिय स्तरको पुरस्कार पाएको छ । बैंकलाई सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कन्ग्रेसको भव्य कार्यक्रममा एशिया बैकिङ, वित्तीय सेवा, तथा बीमा क्षेत्रबाट सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक विधामा पुरष्कृत गरिएको सो बैंकका प्रबक्ता गणेशराज पोखरेलले जानकारी दिए । विभिन्न उत्कृष्ट बैंकहरु, फाइनान्स कम्पनीहरु तथा इन्सुरेन्स कम्पनीहरुलाई [&hellip;]</p>

citizenकाठमाडौं, २७ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक अन्तराष्ट्रिय स्तरको पुरस्कार पाएको छ । बैंकलाई सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कन्ग्रेसको भव्य कार्यक्रममा एशिया बैकिङ, वित्तीय सेवा, तथा बीमा क्षेत्रबाट सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक विधामा पुरष्कृत गरिएको सो बैंकका प्रबक्ता गणेशराज पोखरेलले जानकारी दिए ।

विभिन्न उत्कृष्ट बैंकहरु, फाइनान्स कम्पनीहरु तथा इन्सुरेन्स कम्पनीहरुलाई उक्त संस्थाबाट कूल ९ विधाहरुमा पुरष्कार वितरण गरिएकोमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको बैंकका प्रबक्ता पोखरेलले बताए ।

यस अघि पनि इन्टिच्यूट अफ चार्टर्ड एकाउण्टेन्ट अफ नेपालले यस बैंकलाई बेष्ट प्रिजेन्टेड एन्युवल रिपोर्ट २०१५ बाट सम्मान गरेको थियो ।

Share News