एनआइसी एसिया बैंकको २७ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत, १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

<p>काठमाडौं, २७ भदौ । एनआइसी एसिया बैंकले प्रस्ताव गरेको २७ दशमलब ३७ प्रतिशत लांभाश राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेको बोनस अनुसार बैंकका सेयरधनीले एक अर्ब २० करोड रुपैयाँ बराबरको बोनस सेयर पाउने [&hellip;]</p>

nic_asiaकाठमाडौं, २७ भदौ । एनआइसी एसिया बैंकले प्रस्ताव गरेको २७ दशमलब ३७ प्रतिशत लांभाश राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।

राष्ट्र बैंकले स्वीकृत गरेको बोनस अनुसार बैंकका सेयरधनीले एक अर्ब २० करोड रुपैयाँ बराबरको बोनस सेयर पाउने भएका छन् ।

बैंकले बोनस सेयरपछि १५ प्रतिशत हकप्रद सेयर पनि निष्काशन गर्ने भएको छ । यी सबै प्रस्ताव अनुमोदन गर्न बैंकले असोज १८ गतेका लागि साधारणसभा बोलाएको छ । सोही प्रयोजनको लागि बैंकको आगामी असोज ५ गतेदेखि असोज १८ गते सम्म बुक क्लोज हुने भएको छ ।

Share News