काठमाडौं २७, भदौ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालका उत्पादित विद्युतको सहज बजारका लागि प्रस्ताव गर्ने भएको छन्।
भदौ ३० देखि औपचारिक रुपमा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले नेपाली विजुलीको भारतीय बजारमा खुल्ला गर्नका लागि प्रस्ताव गर्ने भएको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ।
हाल भारतबाट नेपालमा दैनिक ३ सय मेगावाट बराबर विद्युत आयत भए पनि तत्काल निर्यातको सम्भावना छैन ।
नेपाल र भारतबीच सरकारी तहमा मात्र विद्युत आदानप्रदान भइरहेको छ।
ऊर्जा मन्त्रालयका सहप्रवत्ता गोकर्णराज पन्थले नेपाली विजुलीको भारतमा सहज पहुँचका लागि प्रधानमन्त्रीले छलफल गर्ने गरी ऊर्जा मन्त्रालयले प्रस्ताव तयार पारेको जानकारी दिए ।
आगामी सन् २०२२ पछि नेपालमा उत्पादन भएका विद्युत् खेर जानेभन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद (पीपीए) सम्झौतामा कडाई गरिरहेको छ ।