नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा उदयपुरमा

<p>काठमाडौं, २६ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो नयाँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको हडिया गा.वि.स.मा सञ्चालन गरेको छ । बैंकले अत्याधुनिक प्रविधि प्रयोग गरी जनताको घर दैलोमै सेवा दिने लक्ष्यका साथ सो स्थानमा उक्त सेवाको शुरु गरेको हो । बैंकको गाईघाट शाखा प्रबन्धक विजय कुमार शाहका अनुसार उक्त सेवा अन्तर्गत त्यस क्षेत्रका जनता तथा [&hellip;]</p>

Nepal_Investment_bankकाठमाडौं, २६ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो नयाँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको हडिया गा.वि.स.मा सञ्चालन गरेको छ । बैंकले अत्याधुनिक प्रविधि प्रयोग गरी जनताको घर दैलोमै सेवा दिने लक्ष्यका साथ सो स्थानमा उक्त सेवाको शुरु गरेको हो ।

बैंकको गाईघाट शाखा प्रबन्धक विजय कुमार शाहका अनुसार उक्त सेवा अन्तर्गत त्यस क्षेत्रका जनता तथा विपन्न बर्गलाई बैंकको अत्याधुनिक रिटेल बैकिङ्ग सुविधाहरु उपलब्ध हुने छ ।

बैंकका अनुसार यो सेवा नेपालको ७५ वटै जिल्लामा नै उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ । यस अन्तर्गत हाल खाता खोल्न, रकम झिक्न, राख्न, बिल भुक्तानी लगायतका सुबिधाहरु उपलब्ध हुनेछन् । यो सेवा अन्तर्गत नेपाल सरकारले प्रदान गर्ने वृद्ध, एकल महिला तथा अपाङ्ग भत्ता समेत वितरण गरिनेछ । यसका साथै यस शाखा रहित बैकिङ्ग सेवाबाट सम्पूर्ण स्थानीय जनता लाभान्वित हुने कुरा पनि शाखा प्रवन्धकले जानकारी दिएका छन् ।

यो सेवाले दुई चरण प्रमाणिकरणको प्रयोगबाट उच्च सुरक्षा प्रदान गर्दै सजिलो बैंकिङ्ग सेवा ग्राहकका माँझमा पुर्याउन सफल भएको छ । यो सेवा अभिकर्ताको माध्यमबाट सञ्चालन हुने र एजेन्ट डिउ डिलिजेन्स प्रयोग गरी अभिकर्ताको चुनाउ गरिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाका ग्राहकहरुलाई प्रदान गरिएको भिसा डेबिट कार्डबाट यस बैंक तथा नेपाल र भारतमा उपलब्ध भिसा नेटवर्कको एटिएमरपिओएस् बाट पनि सेवा लिन सकिने छ ।

Share News