काठमाडौं, २६ भदौ । समिट माइक्रोफाइनान्स डभेलपमेन्ट बैंकले सेयरधनीलाई ४७ दशमलब ३६८४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४५ प्रतिशत बोनस र कर लाभांशको लागि २ दशमलब ३६८४ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने घोषणा गरेको छ ।
उक्त घोषणा भदौ २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले घोषणा गरेको उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पूँजी ५ करोड रुपैयाँ छ । बोनस सेयर पश्चात कम्पनीको पुँजी २ करोड २५ लाख रुपैयाँ पुग्ने छ ।