काठमाडौं, २६ भदौ । आइतबार नेप्से परिसूचक ६ दशमलब २४ अंकले घटेर १८१६ दशमलब ८१ अंकमा झरेको छ । बजार खुलेको केही बेरमै १८२८ अंकमा पुगेको परिसूचक बन्द हुँदा घटेर १८१६ मा आएको छ । सो दिन १४५ कम्पनीको १८ लाख ५१ हजार कित्ता सेयर एक अर्ब १७ करोड ७५ लाख रुपैयाँमा कारोबार भएको छ ।

आइतबार कारोबार भएको ७ समूह मध्ये ४ समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् । होटल समूह ३७, बीमा २२, बैंकिङ् ११ र फाइनान्स समूह १.७ अंकले ओरालो लागेका छन् । हाइड्रोपावर ३०, अन्य समूह ३ र विकास बैंक ०.९१ अंकले उकालो लागेका छन् ।
सबैभन्दा बढी सिद्धार्थ इक्वीटी ओरिन्टेड स्किमका लागानीकर्ताले १० प्रतिशत बढी गुमाएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लि. प्रमोटरका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।
आइतबार नेपाल बङ्गलादेश बैंकको ६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।