काठमाडौं, २६ भदौ । मंगलबार भदौ २८ गतेका दिन इस्लाम धर्मावलम्बीको पर्व बकर इद परेकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो अबसरमा सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द हुनेछन् ।

गृह मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।
बकर इद इस्लाम धर्मावलम्वीहरुको पबित्र र ठूलो पर्व हो ।