काठमाडौं, २६ भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले नबिल ब्यालेन्स फण्ड–१ मा लगानी गर्ने लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो मात्रामा नगद लाभांस दिने घोषणा गरेको हो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले जारी गरेको ७५ करोड कित्ता नबिल ब्यालेन्स फण्ड–१ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित नबिल ब्यालेन्स फण्ड हाल प्रतिकित्ता करिब २५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।