काठमाडौं, २६ भदौ । मितेरी डेभलपमेन्ट बैंकले लगानीकर्तालाई ३१ दशमलब ५८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ५८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने भएको हो ।
सो निर्णय भदौ २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंकको निर्णय राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
असोज ६ गते बैंकको बुक क्लोज हुने भएको छ । बैंकले २ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गर्न भएकाले सो दिन बुक क्लोज गर्न लागेको हो ।