काठमाडौं, २४ भदौ । पशुपति पेन्ट्सले उपभोक्ताहरुका लागि नयाँ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार लक्षित गर्दै ‘महापर्वको रङेत्सव’ उपहार योजना सार्वजनिक गरेको हो ।
‘महापर्वको रङेत्सव’ योजना अन्तर्गत पशुपति पेन्ट्सको खरिदमा उपभोक्तालाई एउटा उपहार कुपन उपलब्ध गराइन्छ । कम्पनीका अनुसार उपहार कुपनका लागि चालिस हजार वा सो भन्दा बढी मूल्य बराबरको पेन्ट्सको खरिद गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।
यसरी उपलब्ध गराइएको उपहार कुपनहरु मध्यबाट गोलाप्रथा मार्फत विजेताको छनोट गरिनेछ । विजेतालेहरुले स्मार्ट टीभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, स्मार्टफोन, चाँदी, सुन लगायत उपहारहरु जित्न सक्नेछन् । योजनाको बम्पर उपहारका रुपमा १ जना भाग्यशाली विजेतालाई कम्पनीका तर्फबाट रोयल एण्फिल्ड बाइक प्रदान गरिने जानकारी दिइएको छ ।
उक्त योजना भदौ १५ देखि कार्तिक ३० गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।