काठमाडौं, २४ भदौ । एनएमबी क्यापिटलले एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ मा लगानी गर्ने लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय शुक्रबार बसेको कम्पनीको ५७औँ सञ्चालक समितिको बैठकले गरेको हो ।
एनएमबी क्यापिटलले जारी गरेको ७५ करोड कित्ता एनएमबी सम्बृद्धि फण्ड १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित एनएमबी सुलभ इन्भेष्टमेन्ट हाल प्रतिकित्ता करिब १७ रुपैयाँमा कारोबार हुँदै आएको छ ।