काठमाडौं, २३ भदौ । रन शुज ईण्डष्ट्रिज प्रा.लि.ले नेपालीहरुको महान चाड दशै र तिहारको अवसर पारेर ग्राहकहरुको लागि ‘रनको रणपती, न लखपती न करोडपती आफुले बोक्न सके जती’ शीर्षकको उपहार योजना ल्याएको छ । यो उपहार योजना कम्पनीको उत्कृष्ट उत्पादन रन ब्राण्डमा राखिएको छ ।
यस उपहार योजना अन्तर्गत प्रत्येक जोर रन जुत्ता खरिद गर्दा खरिदकर्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् र स्क्रयाच कुपनमा दुइवटा स्क्रयाच गर्ने भाग राखिएको छ । जसमा एउटा स्क्रयाच मार्फत १०० रुपैयाँ देखि अधिकतम २ लाखसम्म नगद वा ५% देखि १००% सम्म छुट प्राप्त गर्न सकिनेछ । उक्त स्क्रयाच कुपनको अर्को भागको स्क्रयाच मार्फत भने ग्राहकले आफुले बोक्न सक्ने जती पैसा प्राप्त गर्न सक्नेछन् ।
यस उपहार योजनामा सहभागी सबै ग्राहकले अनिवार्य रुपमा हात खालि नजाने उपहार प्राप्त गर्नेे छन् । यो उपहार योजना कार्तिक मसान्तसम्म लागु गरिएको छ । यसै गरी कम्पनीले बडादशै र तिहारको अवसर पारेर ९५ मोडलका नयाँ डिजाइनका रन ब्राण्डका जुत्ता बजारमा ल्याएको छ । मुलतः यी मोडलका जुत्ताहरु दशैं, तिहार तथा जाडो यामलाई लक्षित गरि बनाइएको छ । नयाँ मोडलका जुत्ताहरुमा बुट, स्पोर्टस, क्याजुयल र पार्टी रहेको छ । विशेष गरि रन ब्राण्डको यी जुत्ताहरु युवाहरुलाई लक्षित गरि बनाइएको छ । यी सबै मोडल र डिजाईनका जुत्ता तथा चप्पलहरु देशभरका आउटलेटहरुमा उपलब्ध गराउदै आएको छ ।
कम्पनीका अनुसार रन ब्राण्डका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत उपलब्ध छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको कम्पनीले बताएको छ ।